Sunday, January 18, 2015

हाम्रो सोचाइ र मनोबिज्ञान

<जिन्दगीलाई जसरी बुझेपनी हुँदो रैछ् । यो दु:खको एउटा बिशाल सागर हो भन्दिँदापनी तर्क गर्न सकिने । होइन यो त आनन्दको भण्डार हो भनेर व्याख्या गरेपनी ठिक्कै भन्यो भन्ने लाग्ने । वास्तवमा मनिसको जीवन सोचैबाट निर्मित एउटा पारीकल्पनाको भुमरी रहेछ जस्तो मलाई लागि रहेछ । यो सबैको सोच बहेक केहीपनी होइन भन्ने लाग्दछ । कसैले अरुले भनेको कुरालाई गाली सम्झिन्छन त कसैले त्यै कुरोलाई कती राम्रो प्रेरणा मान्दछन । भर्खरै म खुशी भाई रहेको मान्छे एकैछिन्मा कसैले दुई शब्द भन्दिएको भरमा म भावुक बन्न पुग्दछु । भई सकेको कुरोलाई जती सुकै अलापबिलाप गरेपनी फिर्ता उही अवस्थामा ल्याउन सक्ने चमत्कारीक शक्ती कही संसारमा छ भने एउटै शक्ती त्यो हो जुनले हामीलाई हरेक पलपलमा मार्गनिर्देश गरी रहेको हुन्छ । एस्तो अद्भुत शक्ती भनेको हाम्रो सोचाइ र मनोबिज्ञान नै हो भन्ने मेरो एकल सदस्यिय अनुभव समितिको निस्कर्श यहाँ समस्त ब्यक्तिगत सोच प्रेमी मानवहरुमा प्रस्तुत गर्न चाहन्छु ।

No comments:

Post a Comment