Saturday, December 24, 2011

बाचेकै छु यो उर्बरारुपी मरुभुमिमा

बाचेकै छु यो उर्बरारुपी मरुभुमिमा
आखिरी मानव बाँच्दो रहेछ
जस्तो सुकै अवस्थामा पनि
मानव हुनु नै बाँच्नु रहेछ
जन्मदेखी मानव प्रगतिको बाटोमा
ऊच्च शिखर चुम्ने प्रयास गर्दो रहेछ
प्राणिको धर्म नै बान्च्नु रहेछ
तर मानव जाती विवेक भएको प्राणी
विवेक सुन्य हुँदा पो यो पृथ्वी मरुभुमी भएको त् रहेछ ....

Saturday, December 17, 2011

मुक्तक नेपाली

आफ्नै दु:ख आफ्नै सुख, आँफै गीत गाउँछ मान्छे
आँफै धनी आँफै गरीब, आफ्नै संसार सजाउँछ मान्छे
अरुलाई षोस्छ, आफुलाई पोष्छ सधैं माथि हुन्छ मान्छे
आफ्ना दुनो सोझ्याउने, ढुँगो जस्तै कठोर रहेछ मान्छे !

Monday, December 12, 2011

जिन्दगी काँडाघारिको यात्रा रहेछ
यो अनौठो आश्रुमय जात्रा रहेछ .....
किन चाइयो र पैसा मलाई
सन्तुस्ठी निसुल्क पाएकै छ ,
किन चाइयो र बिलासिता मलाई
एकसरो लुगा लाएकै छ ।

Friday, December 9, 2011

नेपाली मुक्तक

अत्याचारको अन्योलतामा अल्मलिएको आत्मा
अत्यन्त अवर्णनीय अवस्थामा अल्झिएको छ ,
अर्थहिन अविभारा अनिर्नित अवस्थामा आल्टाल गर्दै
अमर हुन आउने आगन्तुकहरुको औषधी आएको छ ।।।।।।।।