Thursday, August 30, 2012

दुनिया रमेको छ अत्याचारमा

दुनिया रमेको छ अत्याचारमा
राजनीति घुमेको छ भ्रस्टाचारमा
हत्यारा हौसिएका छन् काटमारमा
पबित्राता गुमेको छ व्यर्थको बजारमा
भेटिन्नन सज्जन कोइपनि हजारमा
खोज्दै छु मपनि ठगठाग किन्न बजारमा
पाइएला नि कतै नभए नि दरबारमा ...!!