Friday, July 13, 2012

हाम्रा भानु


नेपालको तनहँु जिल्ला चुँदी रम्घा गाउँमा
असारमा जन्म लियौ दुर्गम त्यो ठाँउमा।

विशिष्ठ छ योगदान तिम्रो साहित्यको क्षेत्र
आदिकवि भए पनि बन्यौ परम मित्र।

वाल्मीकिय रामायणलाई नेपालीमा लेख्यौ
प्राथमिक कालका कवि दिव्य दृष्टि देख्यौ।

प्रश्नोत्तर,भक्तमाला, वधूशिक्षा जस्ता
अमूल्य छन कृति तिम्रा छैनन कुनै सस्ता।

संस्कृति र साहित्यमा चेतनाका खानी
प्रगतिको शिखरमा पुग्ने तिमी ज्ञानी।

यो नेपाली भाषालाई सरल मिठो पारी
विशाल छ शब्द भण्डार पढदा छैनन् भारी।

अपार यो सेवा उनको असिमित ज्ञान
विभूति हुन नेपालका गरौँ सबले मान।

अद्धितीय गुण उनका छुट्टै उनको सान।
चर्चा गरी नसकिने उनका गुणगान।

मीठा उनका काव्यकला मीठै उनको गला
नेपालीका संरक्षक उनी सबका भला।

भानुबाट शिक्षा लिई सिकौं उनको चाला
पढी गुनी ज्ञान लिए अघि बढी जाला।

Friday, July 6, 2012

मुक्तक

1.
आमाको आशिर्बाद बुवाको प्यार
गरीबको जिन्दगी यस्तै रैछ यार ।
2.
मनमनै कुर खेल्यो
भेलबाडीको द्रिश्यले
गुरुबा छक्क परे
बदमाश गर्द शिस्यले ।
3.
सिम्सिमे पानी झरी
कैले कही दर्किन्छ
कोशीस गरी हार्नु हुन्न
कुनै दिन संसार थर्किन्छ ।

4.
आगो निभ्न गार्हो हुन्छ
मट्तितेलमा सल्केको
नेता सुध्रिन गार्हो हुन्छ
भ्रस्टाचार गर्न पलकेको ।

5.
ढल्केको सिरको टोपी
हेल्मेट लगाइ छोपी
अन्न राम्रो फल्दैन
सडेको बिहु रोपी।