Monday, March 23, 2020

कोरोना करकर


कोरोनाको करकरले कल्कलाउँदा कलिला मानिसहरु
'कोविद्-कोविद' भनि कायदाको कोकोहोलो कराउनेहरु
काम न काज कटेज मै कोचिएर किच्करिनु परो भनी
कम्प्लैन गर्दै कोलाहल कुर्लिने कुमतिका कुल्ङ्घारहरु
कसैले कुरो नकथुरियाइ कोरोनाको कोलाहल काट्न
कविता कोर्ने र कामलाग्ने कनिकुथी लेखौ कथाहरु

Sunday, January 18, 2015

यो संसार किन यसरी पैसाको पिछाडी दौडिएको

यो संसार किन यसरी पैसाको पिछाडी दौडिएको
साधुसन्त पर्मत्मा सबै द्रब्य पिसच झै मोडिएको
पैसा र धन भन्दैमा पत्तो हुन्न जीवन सडिएको
हत्या हिङ्सा द्वेष रिस दुस्मनी सबै यसैमा जडिएको ।

टोरोन्टोमा नेपालीको एउटा कथा छ

टोरोन्टोमा नेपालीको एउटा कथा छ
थाहा भएको तर नभनिएको ब्यथा छ
कसैले मानिदिए भए गतिलो माथा छ
आफ्नो मातृभूमी सम्झिनुमा नै गाथा छ् ।

म नेपाली हुँं भन्ने ब्यापक हल्ला छ

म नेपाली हुँं भन्ने ब्यापक हल्ला छ
घरमा मिलेदेखी बिदेशिने सल्लाह छ्
हरेकमा दोमनको एउटा दोधारे पल्ला छ्
मानौ बिदेशी भुमिमा धनको गल्ला छ ।

मान्छे किन त्यसै असन्तुष्ठ हुन्छ


मान्छे किन त्यसै असन्तुष्ठ हुन्छ
न जन्मिदा केही बोकेर ल्याएको हुन्छ
आफुसँग सम्पत्ति लुटिँदा बेस्सरी रुन्छ
मानिस तेसै इर्ष्या र लालची प्राय चुन्छ।

जिन्दगी एक फूल हो

जिन्दगी एक फूल हो नमान्नेलाई भूल हो
सोचाइ सबै समस्याको मुल हो , नत्र स्तुल हो
मानिस् बिगारने दिमागको रुल हो , नजान्नु भूल हो
जीवन नचिन्नेलाई धुल हो , चिन्नेलाई अतुल हो

हाम्रो सोचाइ र मनोबिज्ञान

<जिन्दगीलाई जसरी बुझेपनी हुँदो रैछ् । यो दु:खको एउटा बिशाल सागर हो भन्दिँदापनी तर्क गर्न सकिने । होइन यो त आनन्दको भण्डार हो भनेर व्याख्या गरेपनी ठिक्कै भन्यो भन्ने लाग्ने । वास्तवमा मनिसको जीवन सोचैबाट निर्मित एउटा पारीकल्पनाको भुमरी रहेछ जस्तो मलाई लागि रहेछ । यो सबैको सोच बहेक केहीपनी होइन भन्ने लाग्दछ । कसैले अरुले भनेको कुरालाई गाली सम्झिन्छन त कसैले त्यै कुरोलाई कती राम्रो प्रेरणा मान्दछन । भर्खरै म खुशी भाई रहेको मान्छे एकैछिन्मा कसैले दुई शब्द भन्दिएको भरमा म भावुक बन्न पुग्दछु । भई सकेको कुरोलाई जती सुकै अलापबिलाप गरेपनी फिर्ता उही अवस्थामा ल्याउन सक्ने चमत्कारीक शक्ती कही संसारमा छ भने एउटै शक्ती त्यो हो जुनले हामीलाई हरेक पलपलमा मार्गनिर्देश गरी रहेको हुन्छ । एस्तो अद्भुत शक्ती भनेको हाम्रो सोचाइ र मनोबिज्ञान नै हो भन्ने मेरो एकल सदस्यिय अनुभव समितिको निस्कर्श यहाँ समस्त ब्यक्तिगत सोच प्रेमी मानवहरुमा प्रस्तुत गर्न चाहन्छु ।