Wednesday, April 27, 2011

Friday, April 15, 2011

प्रसन्न छ त्यो मुहार जती धेरै हेरे पनि

प्रसन्न छ त्यो मुहार जती धेरै हेरे पनि
मिलन होस् वा बिछोड, प्रलयले घेरे पनि

लाली गुराँस फुले जस्तै फक्रिएको सधैं भरी
थकान होस् वा पीडा जुन सुकै बेला हेरे पनि।

परी जस्तै प्रेरणादायी उनका बिचार हरेक घडी
लिन्छौ तिमी सकारात्मक् हँसियाले सेरे पनि।

यात्रा भरी साथ दिने जो सुकै भए पनि......

Thursday, April 14, 2011

मुक्तक

(१)
मायानै माया दिने मायालुको
निरन्तर प्रतिक्ष्यामा बाँचेको छु
पबित्र भावना र प्यार हृदयको
अहिले सम्म तपाईलाई नै साँचेको छु ।
( २ )
तिम्रो मित्रताले मेरो
बाँच्ने शैली फेरिएको छ
पृष्ठभूमि तिम्रो नियालेर
संधै मन लगाई हेरिएको छ ।

प्राकृतिक पबित्र मन

रुखका पातहरुले मलाई
स्वागत् गरेकै छन्
के भयो र ति कलिला मानवका
कठोर शब्दले स्वागत् नगरेर ।

बाटाका चुच्चे ढुङ्गाहरुले मलाई
अटल भएर हेरेकै छन्
मानवता रहित मानवले
एकपल नहेरे पनि ।

नरम पैतालाले स्पर्स गरेका
माटाका त्यी थुप्राहरु
चिन्तित छैनन् ,
उनीहरु बिरुद्ध कठोर जुत्ता प्रयोग गरेपनि ।

काटेका रुखका पालुवाहरू
आँखाभरी आँशु लिएर हेरेका छन्
आफ्ना पुर्खाहरुका पुराना हितैषी सम्झेर ।

मेरो स्वागतमा जुटेका केराका पातहरु
आतुर छन् मलाई भेट्न
तर म भेटुँ कसरि
सकिन सम्पर्क गर्न
इमेल लेखेर ।

मेरो सन्देशलाई नहेरी

मेरो सन्देशलाई नहेरी
सोझै नामेट्नु हजुरले ,
मेरोसाथ् जस्तो आनन्द
कहाँ दिन्छ सुनको गजुरले ?

भंगेरी चरी किन चिर्बिरायौ यसरी ?

भंगेरी चरी किन चिर्बिरायौ यसरी ?
किन यहाँ बस्छौ, मानिसलाई नटेरी ?
क्रुरता बज्रेला है , जटिलतालाई नहेरी
घरआँगनमा ननाच, उफ्री -उफ्री यसरी ।

फर्केर पुल्लुक्क हेरें, सुस्केरा हाली सास फेरें ,

फर्केर पुल्लुक्क हेरें, सुस्केरा हाली सास फेरें ,
कुरालाई सर्सर्ती केरें, स्तिति हेरी विश्वाश गरें
जटिलतालाई सेरेँ, असम्भवलाई सम्भवले घेरेँ ,
अन्तर्मनलाई टेरेँ, कठोर् मनलाई सल्लक्कै फेरें।

नयाँ बर्षको हर्शिलो नयाँ बिहानिमा

नयाँ बर्षको हर्शिलो नयाँ बिहानिमा
नुहाउँदा झरनाको सङ्लो पानीमा ,
प्रगती हुन्छ श्रीजना गर्ने बानीमा
अध्ययन राम्रो, जोसिलो जवानीमा ।

प्रकाशको प्रबेशमा रोक

बादलपारिको बस्तिबाट चियाइ रहेको प्रकाशले
अन्धकार भएको ठाउँमा
अकरिलो समयको अनुभुती गर्दै
नयाँ सोच लिएर
झ्वाट्ट प्रबेश गर्न खोज्दा
पहरदारहरुले पसिना काड्दै
नव आगन्तुक 'प्रकशलाई'
प्रबेशद्वारमा पन्छाउने प्रयास गर्छन्
के त्यो प्रकाश नयाँ अभिनय गर्दै
प्रबेश गर्न सक्षम होला त?


By Laxmi Prasad Bastola · 11 घण्टा अघि

प्रकाशको प्रबेशमा रोक

बादलपारिको बस्तिबाट चियाइ रहेको प्रकाशले
अन्धकार भएको ठाउँमा
अकरिलो समयको अनुभुती गर्दै
नयाँ सोच लिएर
झ्वाट्ट प्रबेश गर्न खोज्दा
पहरदारहरुले पसिना काड्दै
नव आगन्तुक 'प्रकशलाई'
प्रबेशद्वारमा पन्छाउने प्रयास गर्छन्
के त्यो प्रकाश नयाँ अभिनय गर्दै
प्रबेश गर्न सक्षम होला त?


By Laxmi Prasad Bastola · 11 घण्टा अघि

अनुहारपुस्तकमा भेटिएका मित्रहरु

अनुहारपुस्तकमा अचानक भेटिएका मित्रहरु,
प्राविधिक शिपले खारेर बनाइएका चित्रहरु,
असम्भव भयो शब्दबाट, केलाउन चरित्रहरु,
लिखित शब्दमा आएपनी, हृदयका मित्रहरु।



By Laxmi Prasad Bastola · 9 घण्टा अघि

प्रबिधीको बिकास

प्रबिधीको बिकास संगै
मिलनको बिस्तार संगै,
लाड-प्यारमा हुर्केकाको,
थकान हुन्न भेट संगै ।




By Laxmi Prasad Bastola · 8 घण्टा अघि

फूलबारीमा सुगन्ध दिने फूलहरु

फूलबारीमा सुगन्ध दिने फूलहरु
अन्जानको काममा हुने भूलहरू
लोकबेसिका निरन्तर बग्ने मुलहरु
तयार छैनन् मान्न, मानव निर्मित 'रुलहरु'।