Monday, August 9, 2010

नयाँ युगको नयाँ पालुवा

शैशवकालको तृष्णामा डुबेको ममता,
आज उमेर पाकेका बिशाल हृदयमा
गोल मैदान बनाई रहेछ।

किन नबनाउनु ?
अमृतमयी रस पिएर हुर्केको पालुवा ,
आज अमृत नै पिएर तृप्त हुन पाउँदा ।

लौ पल्केछ सारा नयाँ पालुवा,
अमृतमा अहंकारको ।

नयाँ पालुवाले,
प्रबेश गरेको छ नयाँ संसार।
आजको पालुवा , भोलीको बृक्ष्य
अमृतरुपी आनन्दको तलासमा,
भेट्दछ अनौठो उध्घोसक
जुन संसारमा , श्वेत चरिहरु
कलरव गर्दै
पृथ्वीको पल्लो क्षोर् तिर जान तत्पर छन ।

No comments:

Post a Comment