Saturday, August 7, 2010

प्रकृतिमा भूल

संसार रहेछ एउटा प्रकृतिको पोखरी
यसैमा मानवले सजाउदो रहेछ बेस्सरी |

फूललाइ काँडा बनाउने, शूललाई फूल
मानव बाटनै हुदो रहेछा प्रकृति मा भूल,
प्रकृतिको मूल तत्व मानिन्छ बतास,
बनाए मानवले बिसाक्त अश्रुग्यास |

पवनलाई नै दुश्मनको सहायक बनाइएको छ ,
हतोत्साहित प्राणीहरु पनि , बिदेशमा पत्र बोक्छन |

सुन्दर फूलका पत्रहरु चेतावनीका लिफाफा बनेका छन् ,
बाँसको उत्पादन आदर्श लाई पिट्ने लाठी बनेको छ ,
सुर्यदेव क्रोधित भएर अग्नि बाण प्रहर गर्न थालेका छन्
पृथ्वीमाता सन्तानलाई थाम्न नसकी खटपटिन थालेकी छिन|

यस्तो परिबर्तनलाई हेर्न तर पनि दिउँसै चियाई रहेका छन्
आज अंगुरका झुप्पाहरू झुत्ते विस्फोटक बनेकाछन|

खै ! आजता बादलपनी ग्रीनेड बोकेर हिड्न थालेको छ
एस्तो भयानक दृश्य लाई रोक्न मानव तातेको जस्तै छैन
मानव तात्ने कता हो कता, जल पो तातेर पोल्न थालेको छ
आत्तिएर भागेको प्राणी प्रकृतिमै मृत्यु शैय्यामा परेको छ |

No comments:

Post a Comment