Friday, August 6, 2010

आशाबादी निराशा

भयभित जीवनको प्रकाशमयी आशा
जलन गर्ने यौवनको शान्त पिपासा
मिलनसार प्रकृतिको ध्युतिमान निशा
घेर्यो प्रभाले वरिपरी सम्पूर्ण दिशा ।

छोयो प्रमादले जीवन वरिपरी
ल्यायो सन्तुस्ठी मनकी स्वर्गपरी
संकेत भो रहने , बसन्तको सँधैभरि
बदलिँदो परिवेश हजारौं थरि-थरि ।

जीवन ओरालीमा उँबो फर्किएछ
तुच्छताबाट सजिलै पर तर्किएछ
सुरपुरी विधाताले अमृत छर्किएछ
नअस्ताउने दिनकर तिर लर्किएछ ।

चालेछ अबलौ कसिंगर धुलो सब
रहेछ मनको बसन्ती बन अब
अन्तर चक्षु उदाङ्गै खुलेछ अब
थालेछ मनले भविष्यको कल-रव ।

खोजि हिँडदा प्रकाश , पृथ्वी भित्र
पाईन्छ आशा- निराशाको यथार्थ चित्र
मन भित्रै रहेछ , उज्ज्यालो सफल मित्र
उसैले बुझाउँछ सफल जीवनको चरित्र ।

No comments:

Post a Comment