Monday, August 9, 2010

विवेकको सिकार्,क्रुरताको चिरफार्

ढुङो कुच्याउन खोज्ने मानिसहरु ,
दुबो को पातले सिकार खेल्न चाहन्छन,
तर दुर्भाग्य ! ढुङ्गाको चोइटाले ,
सिकारीको निधारमै सिकार खेलिदिन्छ।

दुबो गला काट्न तत्पर भएको छ ,
घाँस् काट्ने घाँसी सम्मको बाधक बनेको छ,
त्यो सानो गाईको एक बुजो आहरा ।

बिबेकशिल प्राणिको बिबेकलाई लुकाएको थैली ,
आज बिबेकहिन प्राणिको बसमा परेको छ ।

बिबेक आज बेबारिसे भएको छ,
बिबेकलाई सुकुम्बासी नबनाउने हो भने ,
दुबोका पातले बनाएका चिरा टालिने थिए,
मानवता भएको मन निर्धक्क हुने थियो ,
विवेक सन्तुलित हुने थियो ,
पृथ्वी सन्तुलित हुने थियो ।

No comments:

Post a Comment