Sunday, September 9, 2012

दिलकुमारी दिदीको प्रण



२०६२/६३को जनआन्दोलन ताका दिलकुमारी दिदीले धेरै त्याग गरेकी हुन् । उनले बिहान ६ बजे घरबाट निस्किए देखी बेलुकीसम्म भोकप्यासको पर्वाह नगरी पार्टीका अन्य कार्यकर्ता भन्दा ज्यादा समय दिएकी हुन् ।घरमा प्राय श्रीमान नआउने पार्टीकै कामले गर्दा । देशका लागि यत्रो ठूलो बलिदान दिने बाउआमाका छोराछोरीको हालत के होला ? यसको अनुमान प्राय सबैलाई राम्रै हुन्छ भन्ने नै लगाउँछन् ।तर दिलकुमारी दिदीकी एकमात्र छोरी दिलाशाको जीवन अनौंठो थियो , बाउआमा अनौठा भए जस्तै ।

आमाले बिहान छोरीलाई एक गिलास चिया र एक प्याकेट बिस्कुट दिएर , ‘उ पर्तिर राजश्रीसंग खेल्दै गर है नानु्‘, भनेर निस्किनथिन्। छोरील ‘हस’ सम्म भन्न नभ्याउँदै हिडी सक्थिन् । छोरी बाहिर घरको पेटीमा बसेर बिस्कुट खाइ सक्थिन् अनि राजश्रीको घर तिर लाीग्थन् । कौशलटार चोकमा पुगेर सबै साथीहरुको लहैलहैमा लागेर नाराबाजी गर्न थालेपछि दिलकुमारी दिदीले आफ्नी छोरी बिर्सिनथिन्।

छिमेकीका छोराछोरीसंग खेल्न गएकी दिलाशा उतै रमाउँथिन् अनि दयालु स्वभावका छिमेकीले आफ्ना छोराछोरीलाई खाना दिँदा दिलाशालाई पनि संगै दिने गर्दथे ।यस्ता कुराको पत्तो दिलकुमारी दिदीलाई केहि हुँदैनथ्यो । जनआन्दोलन ताका प्राय स्कुलहरु बन्दनै रहन्थे ।केटाकेटीको खेल्ने र टिवी हेर्ने बाहेक केहि काम हँुदैनथ्यो ।दिलाशा सुरुसुरुका दिनमा खानाखाने समयमा आफ्नो घर फर्किन खाेिज्थन्। तर राजश्री कि आमाले ‘नजाउ आमा आउनु भएकै छैन’ भनेर त्यतै राख्थिन् । दुइचार दिनपछी त दिलाशाले जाने वास्ता पनि गर्न छोडिन् सँधै बेलुका मात्र घर जान्थिन, आमा आएपछि ।राजश्रीकी आमाले ‘जाउ अब तिम्रो घरमा आमा आउनु भा,े बत्ति बलो’ भनेर भनेपछि जान्थिन् । कैले काहिँ राजश्रीकी आमाल्े पु¥याई दिनु हुन्थ्यो दिलाशालाई ।

राजश्रीका बुबाआमा भने दिनभरी केटाकेटीसंगै बसेर दिन काटने र्गदथे । राजश्री कै उमेरकी दिलाशाले उनकी आमालाई राजश्री ले बोलाए झैँ गरि ‘मामु’ भन्थिन् । उनीहरुले पनि राजश्री कै मिल्ने साथी भएकीले होला ‘छोरी’ भनेर बोलाउँथे । बोल्नमा टाठी दिलाशा राजश्रीको घरमा धेरै घुलमिल भएकी थिईन् ।

यसरि छोरीलाई खेल्न पठाएर आफु देशको निम्ति होमिएकी दिलकुमारी दिदी बिहान हिँडेर बेलुका ७÷८ बजे तिर आउने प्रकृया निरन्तर चली नै रह्यो ।दिलाशा के गर्दै छ , के खाँदै छ , कसरि दिन काट्दै छको वास्ता बाबुआमालाई प्राय हुन छोडी सकेको थियो । जनआन्दोलनको सुरुसुरुका दिनमा ‘ए दिलाशा! कहाँ मारिस? छिटो घर आइज’ भनेर ठुलो सोरले बोलाउने दिलकुमारी दिदीले आन्दोलनको धङ्गधंगीले त्यो पनि छोडेकी थिइैन् ।बेलुका आएर हस्याङ्गफस्याङ्ग गर्दै कित लुगा धुन लाग्थिन् कि सब्जी किन्न जान्थिन्, दिलकुमारी दिद्ीको दिनचर्या अत्यन्त ब्यस्त भएको थियो त्यो बेला । छोरीको खासै वास्ता गर्न र्फुसत हँुदैनथ्यो दिलकुमारी दिदीलाई । कैले काँही दिलाशालाई छिमेकीले ल्याईदिन्थे भने कहिले काहिँ दिलाशा आफै घरको ढोका खुलेको देखेर दर्गुद ‘गएँ ल मामु’ भन्दै आफ्नो घर तर्फ दर्गुदै जान्थिन् ।
घरमा पुग्दा आमा के के काममा व्यस्त हुन्थिन् । दिलाशाले के के सोध्न मन गर्थिन्। तर आमाल ‘पर जा अहिले नकरा’ भनेर झर्किनु हुन्थ्यो, आन्दोलनमा नारा लगाए जसरी नै। अनि दिलाशा चुप लाग्थिन्। ‘मेरी मामुले त केहि सुन्नु हुन्न , राजश्री को मामु जस्तै भा पा,’े भन्ने साेिच्थन् दिलाशा। केहि भन्न भने सक्दिन थिईन् । बाबु भने कैले आउने कैले नआउने , आएको दिनपनि दिलकुमारी दिदिसंग रातभरी राजनीतिका कुरा गरेर दिलाशाको निद्रा समेत सब बिगारी दिन्थे ।

यसरि नै जनआन्दोलन चरम उत्र्कषमा पुगेर टुंङ्गियो ।अनि सबैका काम यथावत सुरु भए दिलाशाका बुबाआमाको भने राजनीति नै थियो प्राय त्सैले अलिक फुर्सद भयो ।अरुको झैँ दिलाशा को स्कुल पनि सुरु भयो ।कक्षा १ मा पढ्ने दिलाशालाई एकबर्ष अगाडी देखि नै म्बथ द्ययबचमभच को रुपमा राखेका थिए । बिहान ६ बजे स्कुल पु¥याई दिने अनि बेलुका लिन जाने । दिलाशाको दिनमा १२ ÷१४ घण्टा स्कुलमा बित्दथ्यो ।

एकदिन राजश्रीकोमा पुजाको दिन पारेर दिलाशाको परिवारलाई खाना खानै गरि बोलाइयो । त्यो दिन खोई कुन्नि दिलाशाका बुबा पनि चाँडै आउनु भएको रहेछ । भनेकै समयमा तिनैजना राजश्रीको घरमा हाँजिर भए । पूजा सकिएकोले सबैजना बैठक कोठामा बसेर गफ गरि रहेका थिए । खाना भने पाक्दै थियो ।

नमस्कार आदान प्रदान गरि सके पछी एक दुई जना अरु पाउनाँंग चिनापर्ची भयो । अनि गफको सिलसिला जारि रह्यो । केटाकेटी पनि एक अर्काको मुख हेर्दै ठुलाका कुरा सुनी रहे । राजश्री र दिलाशा जोडी बाँधिएर आमाबाउले बोलेको शब्द शब्द केलाएर सुन्न थाले ।
त्यतिकैमा दिलाशा र राजश्री राजश्रीकी आमाको छेउमा गएर बसे । गदागर्दैै दुवै जना एकएक पटिबाट राजश्रीकी आमाको काखमा बसेर सुम्सुम्याउन थाले । दिलकुमारी दिदीलाई असहज भई सकेको थियो । बाबुलाई भने राजनीतिको गफ र्चार्कएकोले त्यता ध्यान गएकै थिएन । ्‘माम,ु मामु मेराअर्काे मामुलाई भोक लग्यो होला , खाना पाकेन ? छिटो खाना दिँउ न!’ भन्दै दिलाशाले राजश्रीकी आमाको कपाल सुम्सुम्याईन् ।सबैको ध्यान खिच्ने दिलाशाको सुरिलो आवाजले सबै चुपचाप भए । दिलकुमारी दिदी लज्जित भईन् ।आफ्नी छोरी अर्काकी आमासंग गएर आफुलाई परपर गरेको जस्तो भान भयो दिलकुमारी दिदीलाई ।
उनले मनमनै सोचिन , ‘मैले यो छोरीलाई समय दिन नपाएर झन्डै अर्काकी छोरी भैछे । वास्तावमा राजश्रीका बाउआमाले दिलाशालाई राम्रो सेयरसुसार गर्दिएकाले त्यस्तो भएका थियो । हामीले भन्दा बढी माया दिई रहेका रहेछन् ।हुन पनि हो म जनआन्दोलनमा जाँदा मेरी छोरीलाई सहयोग गर्ने उनीहरु नै थिए नि! मलाई आज बल्ल थाहा भयोे । तेसैले मेरी छोरीले राजश्री कि आमालाई धेरै माया गर्न थालिछे ।अबदेखि म छोरीलाई समय दिन्छु । राजनीति जे सुकै होस् छोरीलाई माया दिन्छु । समय दिन्छु । अब म कैलै त्यसरी हिँडदिन ।’ भन्ने सोच्दासोच्दै सबैजना खाना खान निस्किई सकेका थिए ।उनले छोरीलाई समय दिने निधोगर्दै भान्साकोठातिर पसिन् । सबै एउटै परिवार जस्तो बसेर खान थाले ।दिलकुमारी दिदीलाई भने कता कता खिन्न भने भई रह्यो ।

No comments:

Post a Comment