Tuesday, September 11, 2012

सदिनाको दिन खुल्यो



स्कुल जानु भन्दा अगाडी हाँसखेल गर्र्दै रमाई रमाई होमवर्क गर्ने सदिना स्कुलको युनिफर्म लगाउने बित्तिकै अँध्यारो रुन्चे मुख लगाउँछिन्।्। उनलाई कहिले बाबाले कहिले आमाले लगेर मुख्य बाटो सम्म लगेर गाडीमा चढाई दिनुहुन्छ । बेलुकी तेसरी नै हस्ँयाँंग फस्याङ्ग गर्दै बाबा या आमा उनलाई बाटो सम्मा लिन जानु हुन्छ ।थकित भएर निन्याउरो मुख लगाउनु र्पने सदिना बेलुकी गाडीबाट ओर्लिने बित्तिकै झरझर बाल्ने उज्यालो अनुहार लिएर निकिन्छिन्।
बाबु आमालाई भने यो छोरी स्कुल जानु परेकोमा धेरै गा¥हो मानेकी हो भन्ने बुझाई मा ढुक्क थिए । ‘यो केटीलाई स्कुल जानु नर्पदा कति खुसि हुन्छे’ भन्ने भनाइ संधै आमाको मुखबाट आउँथ्यो । छोरी किन स्कुल जान मानिन भन्ने चै प्राय बाबु आमालाई थाहा भए झैँ लाग्दथ्यो । उनीहरु शिक्ष्तिि मानिने परिवारको खान्दान् हुनाले बाल मनोविज्ञान बुझेको उनीहरुको दाबी थियो । तेसैले सदिनालाई दुवै जना बाउआमाले बुझेको भन्ने गरिन्थ्यो ।
‘कक्षा एक सम्म त ठिकै थिई छोरी अहिले कक्षा दुईमा पुगेर छोरी बिग्री’ ्भनेर सँधै सदिनाकी आमाले कचकच गरि रहनु हुन्थ्यो ।बुबाको भने छोरी संगतले बिगरिएकी हो भन्ने ठहर थियो । छोरीलाई के भयो? किन स्कुल जान गा¥हो लागेको भन्ने कुरा सोध्ने औचित्य ति शिक्षित अभिभावकले ठानेनन् ।उनीहरुलाई समस्याको मूल कारण थाहा भएपछी किन सोध्नु बच्चीलाइ ?
उनको पढाई प्रति खासै कसैको पनि गुनासो सुनिदैनथ्यो । उनको काम गर्ने तरिका पनि राम्रो थियो । स्कुलमा गुरुआमाहरुले कैलै सदिनाको बारेमा गुनासो गर्नु भएको थिएन । स्कुलमा जाना साथ अनुहार उज्यालो हुन्थ्यो सदिनाको । बाउआमाले स्कुल जान मान्दिन भन्दा गुरुआमहरु बिल्कुल विश्वास गर्नु हुन्न थियो । तेसैले कैले काहिँ सदिनाको बाउआमा स्कुलसंग रिसाएर झरकिने गर्नुहुन्थ्योे ।त्यस्तो धेरै प्रसंशा पाउँदा पनि गालि गरेको सुनेर गुरुआमाहरु छक्क पर्नु हुन्थ्यो । उनको लेखाई सानै भएपनि परिपक्क थियो । सफा लेख्ने, लुगा केहि मैलो नपार्ने, दिएको काम खुरुखुरु गरेर सक्ने, धेरै नबोल्ने चाहिँदो मात्रै बोल्ने जस्ता सदिनाका गुणहरु मध्ये पर्दथे।
बाउआमा बिहान छोरीलाई स्कुल जान तयार पारेर टिफिन झोलामा हालिदिएर हिँडेका ठ्याक्कै बेलुका मात्रै फर्किन्थे। दिनभरिको तनाव अनि बेलुका घर आउँदा घरेलु कामको तनाव हुनाले दुवैजना दम्पतिलाई खासै छोरीको कुरा सुन्ने फुर्सत पनि हुन्न थियो ।सदिना स्कुल जाने आउने । बेलुका आमाले जे दियो त्यही खाने अनि सुत्ने । बिहान आमाले बोलाउनु भन्दा पैलै उठ्ने । अनि स्कुलको तयारी गर्ने, अनि निन्याउरो मुख लगाएर स्कुल जाने । यस्तै थियो सदिनको दिनचर्या । बाउआमा पनि छोरीलाई तयार पार्ने स्कुल जानै अनि बेलुका अफिसबाट आउने खान बनाउने एकछिन टिवी हेर्ने अनि सुत्ने । प्राय कसैलाई केहि फाल्टु कुरा र्गने फुर्सत हुँदैन थियो ।
स्कुलका शिक्षिका केटाकेटिलाई काम गराएर सकाउँदा सकाउँदै केहि कुरा र्गन भ्याउँदैन थिए । क्लासवर्क गरायो अनि चेक ग¥यो बुझायो तेत्तिकै मा केहि गर्न फुर्सत हुँदैन थियो गुरुमाहरुलाई । घरमा बाबुआमा जागिरे भएकाले सदिनाको कुरा सुन्ने त कोइ नै थिएन भन्दा पनि हुन्थ्यो । सदिनाले कैलै आफुलाई मन लागेको कुरा भन्ने गरेकी थिईनन् । उनले मन नपरे कालो मुख लाउन्थिन्, केहि बोल्दिन थिईन् ।चुपचाप लाग्थिन् ।


एकदिन केटाकेटी मेडिया क्लबका सरहरु सदिनाको स्कुलमा आएका रहेछन् । केटाकेटीले त के देख्त प्रिन्सिपललाई भेटेर केके कुरा गरे कुन्नि बेलुकीको एसेम्बलीमा ति नयाँ सरहरुले भोलि कथा सुनाउने कायक्रम छ भनेर सूचना दिनु भयो । सबै विद्र्यार्थी फुरुङ्ग भए । सब जनाले घरघरमा गएर बाउआमालाई सुनाए। कसैका बाउआमाले राम्रो कुरा हो भने । कसैकाले काम बिनाको नसुना भनेर छोराछोरीलाई हकारे । सदिनाले भने घरमा गएर बाउआमालाई केहि सुनाइनन् किनकि उनको कुरा प्राय नसुन्ने, सुनाउँदापनि झरकिने गर्नु हुन्थ्यो । बिचरा त्यो सानी फुच्चिलाई के थाहा बाउआमा थाकेर आएका छन दिनभरी अफिसको तनावले गर्दा भनेर ।

भोलि पल्ट क्लबका सरहरु आउनु भयो । अनि सदिनाको कक्षामा पस्नु भयो । कथा सुनाउनु भन्दा पहिला सरहरुले उनीहरुको कुरा सुन्ने भन्नु भयो । सबले आफुलाई मन पर्ने र नपर्ने कुरा भन्नु पर्ने नियम बनाएर सरहरुले सबैलाई आफ्नो कुरा भन्न लगाउनु भयो । पालो सदिनाको पनि आयो । सबैले गुरुआमाहरु मायालु दयालु भएको कुरा भने । सबैले आफ्नो घरको खाना मिठो भएको कुरा राम्रा मध्येमा सुनाए । सदिनाले धेरै राम्रा कुरा भनिन् तर नराम्रो कुरा भन्न खोज्दा आँखा भरि आँशु पारिन् । सबै छक्क परे । सदिना तिर हेरेको हेरैे भए । सदिनाले मधुरो स्वरमा भनिन् , अरुले भनेको जस्तै भनिन तर अलिक भावुक स्वरमा ।
‘मलाई सब भन्दा मन नपने त्यो गाडीको कोचाकोच हो । बोरु म हिँडेर एकलै स्कुल आउँछु । मत त्यो गाडीमा उभिएर सँधै जान सक्दिन । रिंगटा लाग्छ । त्यती सानो माइक्रो बसमा त्यती धेरै मान्छे हुन्छन् ।’
भनेर डाको छोडिन् । सबै छक्क परे। सबैजना हेरेको हेरै भए। अरुले पनि त्यो गाडीका भिड हुँदा असजिलो भएको कुरा भनेका थिए तर सदिनाले भनेकाले सबैको ध्यान खिच्यो । छेउमा बसेर सुनी रहनु भएको प्रिन्सिपलको आँखापनी रसाएछन् । सब जना भावुक भए ।
कथा भनि सकेर सबजना केटाकेटीले तालि बजाए । फेरी पनि कथा सुनाउन आउने बाचा गर्द मिडिया क्लबका सरहरुू निस्किनु भो । प्रिन्सिपल्रले राम्रो कुरा केटाकेटिलाई सिकाएर गएकोमा धन्यबाद पनि दिनु भयो । हिँड्ने बेलामा सदिनासंग एकै छिन कुरा गर्ने अनुमति मागेर केटाकेटी मेडियाका सरहरुले बोलाउनु भयो ।
्‘तिम्रो भावुक भएको अनुहार देखेर हामी पनि भावुक भयौं। अरुपनि त्यो गाडीमा चढछन् तर उनीहरु त्यसरी रोएनन्। तिमी मात्रै किन त्यसरी रोएकी?’ भनेर सोध्ने भयो। तिम्र बुबा आमा कहाँ हुनु हुन्छ ?

‘बुबा आमाले मैले भनेको कुरा कैर्लै सुन्नु हुन्न। सबै भन्दा पछि चढने विद्यार्थी हुँ म। म स्कुल त्यो गाडीमा जान्न भन्दा गाली गर्नु हुन्छ। तेसै अल्छीले जान नमानेकी भन्नु हुन्छ। मलाई गाडीले गर्दा स्कुल जानै मन लाग्दैन। बुबालाई बोरु हिडाऐर लगि दिनु भनेको मान्नु हुन्न। अस्ति त यो केटि बिग्री भनेर गालि गर्नु भो।’ भनेर आँखा भरि आँशु पारिन्। सरले आमा बाउको फोन नम्बर मागेर भेट्न जानु भयो। सबैकुरा भनेर बुझाए पछी सदिनाको बुबाआमाले आफ्नो कमजोरी महसुस गर्नु भयो। स्कुलको प्रिन्सिपललाई पनि सदिना रोएकोले मन छोएछ क्यार भोलिपल्टै नयाँ स्वराज माज्दाको गाडी अर्डर गर्न लगाउनु भयो। अहिले सदिनाको स्कुल बस सिटमा बसेको बिद्यार्थी मात्रै देिखन्छन्। सब केटाकेटीले मेडिया क्लबको सरहरुलाई मनमनै धन्यबाद दिए। सदिना पनि त्यो दिन देखि खुसि अनुहार लाएर स्कुल जान थालिन्। बुबाआमा पनि सदिनाको कुरा सँधै सुन्न थनल्नु भयो। उसका विचार सुनिदिँदा तेस्रो चौथो आउने सदिना प्रथम हुने थालिन्। अहिले सदिनाको स्कुलमा विद्यार्थी बढेका छन्। सबै खुशी छन्।

No comments:

Post a Comment