Wednesday, September 14, 2011

जीवन र मृत्‍युको दोसाँधमा अल्झिएको छु

जीवन र मृत्‍युको दोसाँधमा अल्झिएको छु
मरेकै छैन हजुर,
म थिल्थिलो मात्रै भएको छु ।
केही गरेकै छैन हजुर,
म अध्कल्चो नै छु ।
म बाँच्न चाहन्थे
तर,
मर्न खोजी रहेछु
जीवन र मृत्‍युको दोसाँधमा अल्झिएको छु ,
म बल्झिएको छु ,
म झुल्लिएको छु ,
म भुल्लिएको छु ,
जीवन र मृत्‍युको दोसाँधमा।

No comments:

Post a Comment