Friday, March 30, 2012

:: घरायसी टिप्स :

- मैनबत्ती चिसो पानीमा राखेर बाल्दा बढी प्रकाश दिन्छ ।
- तेल पालिशको दाग लागेको छ भने
कपासमा स्पिरिट लगाएर सफा गर्नुस् ।
- घरमा कमिला बढी भएको छ भने धुप बाल्नुस् कमिला भाग्छ ।
- कुनै फल आदि काट्दा छुरामा अलिकति मक्खन लगाएमा फल छुरामा टासिदैन र सजिलै काट्न सकिन्छ ।
- प्रयोग भईसकेको चियापत्ति सुकाएर बाल्नुस् लामखुट्टे, झिंगा आदि भाग्दछन् ।
- सुनको गहनाको चमकिलोपना कम भएर गएको छ भने पानीमा खाने सोडा मिलाएर गहनालाई उमाल्नुस् । त्यसपछि कुनै पुरानो टुथब्रशले सफा गर्नुस् ।
- प्रयोगमा आईसकेको चियापत्तिले चिल्लो लागेको भाडा सफा गर्नुस् ।
- यसैगरी उमालिएको चियापत्तिले
सनमाइकाको फर्निचर सफा गर्नुस् ।
फर्निचर टल्किन्छ ।
- आलुलाई बोक्रा सहित पकाएमा भिटामिन “सी” बच्छ ।
- तरकारी पकाउँदा आरम्भमा बढी रापमा र पछि थोरै रापमा पकाउनुस् । यसरी पकाउँदा त्यसमा भएका पोषक तत्व
बाँकी रही रहन्छ ।
- रुघा खोकी आदि भएको समयमा सेन्ट
आदिको प्रयोग नगर्नुस्

No comments:

Post a Comment