Tuesday, March 27, 2012

मुक्तक

मुक्तक १
सहारा देउ मलाई
आहरा भनेको होइन
प्रेम देउ मलाई
दुनियाँको टेन्सन होइन।

मुक्तक २

जोवन माग्दै हिंड्ने तिमी कती सँग माग्छौ
तिर्खा मेट्दै जवानीको टाढा भागदै जान्छौ ।

मुक्तक ३
य्दी मेरो विश्वाश लाग्छ भने
तिम्रो परिचय सिधा देउ
मसँग प्रेम गर्नु छैन भने
जिन्दगीमा मलाई बिदा देउ ।

मुक्तक 5
बाटो हिंड्ने बटुवा हौं बिहानिको सित जस्तो
परिचय किन दिने बिनाअर्थ पलाउँदै तीन पात जस्तो ।

मुक्तक 6

सुर्यको प्रकाश पाएँ भन्दै चन्द्रमालाई हेलाँ नगर
पछी चाडै रात पर्न सक्छ ,
धनीको साहारा पाएँ भन्दै गरीबलाई हेलाँ नगर
भविस्यमा घात पर्न सक्छ ।

No comments:

Post a Comment