Monday, September 27, 2010

स्वर्ण-ज्योति

स्वर्ण ज्योतिका रश्मि तिम्रो, मेरो मगजमा सुस्त झरे
मनका फुस्रा कक्षहरु, दिव्य रविको स्पर्शले
ज्ञानको अलौकिक घर्षणको ज्योर्तिमय प्रतिउत्तर बने
एक शान्त उज्ज्वलता एक शिखा प्रकाशमय
स्वर्णिम लालिमा, मेरो कण्ठस्थलमा झर्यो
मेरा सम्पुर्ण उद्गार बने दिव्य रागिणी।
मेरो एक्लो गुञ्जन, तिम्रो जय उद्घोष बन्यो
मदमस्त भए शब्द,पिई अमर सारा—तरङ्गिनी
स्वर्णिम ज्योत्स्ना मेरो हृदयमा झ¥यो
लिई यो जीवनमा तिम्रो अनन्त नित्यताको प्रहार।
यो देह कसरी तिम्रो पवित्र भवन बन्यो,
झुके तिमीतिर कसरी महत्वकाङ्क्षा अपार
स्वर्ण ध्युतिको प्रभा मेरा पदमा झ¥यो
मेरो छाती अब तिम्रै क्रीडास्थल औ व्यास बन्यो।

No comments:

Post a Comment