Friday, August 28, 2009

परदेशीका पीडा

परदेशतिर पिरोलिएर
पाखामा पल्टिरहेका ,
परमेश्वोर्को  प्रार्थनामा
पलेन्टी कसिरहेका ।

परसेवी परीश्रमि
पहरादार पसिनामा ,
पाईन्छन पारीत्यक्त परदेशी
ठूलो परिमाणमा ।

पस्चिममा सबै पाइलामा
पाईन्छ परिजन
पहिल्लै देखी परिचार्य भनी
परिचित छन ।

पक्कै  पनि पकलासरह
कठोर् पेसामा परिक्रान्त
पारीगनन गरदा पाईन्छ
धेरै परदेशी परिक्लान्त ।

पराश्रित प्रशस्त पालुवा
परदेशी प्रिथिविमा
पर्खिरहेको प्राचीरमा
पराइको पिराइमा ।

परिचित छन पालभनी
पुस्तैनि पर्खेका
पर्वासमा भएका पुरयिता हुन
केका प्रलोभका   ?

चाहियो परिवर्तन गर्न
परिकल्पनाका प्रनेताहरु
प्रज्ञान  हीन त पक्कै पनि पाइन्दैन
खोज्दा पीडितहरू ।

पाङ्दुरे पारीहासक प्रशस्तै छन
परित्यक्त परदेशीका
पुष्पपुन्ज बनाइ परिष्क्रित
पार्ने काम छन पछाडिएका ।

पहिल्याउँदै पछौटे परदेशी
पाले प्रिथिवी भरका
पुन्य पदमा पदमुक्त गराइ
पुरुशार्थ पैचानका  ।

प्रवालमा परिणत गराइ
प्रवर्तन गर्नु स्वदेशमा
प्रविणता हो प्रव्रित प्रणेताको
प्रशंस्य प्रयोजनमा ।  

No comments:

Post a Comment