Monday, April 30, 2012

दिमागको मोटोपन घटाउँने केही टिप्स ।

-- अरुको प्रगति देखेर भित्रभित्रै जल्नु भनेको एकथाल भात र पाँच बोतल बियर पिउँनुजस्तै हो, जसले दिमागको भूडी ह्वात्तै बढाउँछ ।
--जे चिजलाई पनि नगेटिभ तरिकाले हेर्नु भनेको मदिरा र राँगाको सुकुटी खानुजस्तै हो, जसले दिमागमा युरिक एसिड बढाउँछ ।
--आफ्नो कर्म र साधना गर्न छाडेर मेरो प्रतिभालाई कसैले चिनेन भनेर रोइरहनु भनेको एकैपल्ट पन्ध्र चुरोट पिउँनु सरह हो, जसले दिमागको स्टामिना घटाउँछ भविष्यतिर दर्गुदा स्वा स्वा हुन्छ ।
--अरुका कमिकमजोरी भुँइपताल खोज्नुको साटो अरुको प्रतिभाको मुक्त कन्ठले प्रसंसा गर्नुभनेको फलफुल र साग खानु सरह हो, जसले दिमागका आँखालाई नयाँ दृष्टि दिन्छ ।
--असल बिचार सुन्नु र असल दर्शन पढ्नु भनेको ताजा पानी र ताजा दुध पिउँनुजस्तै हो, जसले दिमागको मसल्स तन्दरुस्त राख्छ ।

No comments:

Post a Comment