Saturday, October 29, 2011

गजल

रमित लाग्दो अनुहार हँसिलो मुहार
नत छ पिडा, हँसिलो रसिलो अनुहार।

जनसंपर्क बढाई चिनजानको क्रममा
नाइ छैन केही, अती सालीन व्यबहार।

पोहोर भन्दा अहिले प्रगती छ धेरै
खहरे होइन उनी,भेट हुन्छ बारम्बार ।

रेशमतुल्य उनी सरलताको जीवन
लजालु स्वभाव , प्रभाव पार्ने व्यबहार ।

No comments:

Post a Comment