Monday, October 25, 2010

खरि जुको हाँस्यो

खरि जुको हाँस्यो
गोठालो रोयो,
गोठालो हाँस्यो
खरि जुको रोयो,
गोठालो र जुकाको
सम्बन्ध मासियो
डढेलो लागो
बीउ बिजन नासियो
उत्तिस ढालियो
हुरहुरी बालियो
बचेरो कालियो
जरा सम्मै फालियो
ढुङ्गा पनि गालियो
अचम्म देखियो
घना जंगल खालि यो।

भैंसीले कुल्चीयो
पिपिरा भाँचियो,
बिवाद सुल्झियो
फनफनी नाचियो
प्राणी सबै मासियो
हामि मात्रै बाँचियो।

No comments:

Post a Comment