Wednesday, February 24, 2010

बालनाटक महोत्सव हुने,



काठमाडौँ, १२ फागुन (ओएनएस)
बालबालिकाहरूको मानसिक, शारीरिकलगायत समग्र सिर्जनात्मक विकासका लागि राजधानीमा 'बालनाटक महोत्सव २०६६' को आयोजना गरिने भएको छ ।

यहि फागुन १७ देखि २३ गतेसम्म सन्चालन हुने नाटक महोत्सवमा ७ वटा नाटकहरू समावेश गरिने छन् । नाटक महोत्सबबाट बालबालिकाको सोच्ने शक्तिको विकास हुने, शब्द भण्डार बढ्ने, लेखन पक्षमा सुधार हुने, आफू जस्तै साथीले गरेको अभिनय हेरी आत्मविश्वास बढ्ने र सिनेमा हेरे जस्तै मनोरन्जन प्राप्त गरी स्वास्थ्यमा पनि फाइदा पुग्ने आयोजकको दाबी छ ।

नाटक महोत्सव बारे राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । कार्तिकेय बालप्रतिभा पुरस्कार कोष र रुसी सांस्कृतिक केन्द्रको सहकार्य तथा शैली थिएटरको प्रस्तुतिमा यो नाटक सन्चालन हुन लागेको नाटक महोत्सवका संयोजक लक्ष्मी बास्तोलाले जानकारी दिए ।

महोत्सबाट उठेको सम्पूर्ण रकमबाट गरिब, असहाय र बिपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिने पनि संयोजक बास्तोलाले बताए । बालनाटक महोत्सबबाट सङ्कलित रकम समुदायका गरिब र विपन्न एवम् सङ्घर्ष गरी आफ्नो पढाइलाई निरन्तरता दिँदै आएका दसजना सङ्घर्षशील बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन छात्रवृतिको रुपमा प्रदान गरिने कुरा कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले जनाएको छ ।

कोषका अध्यक्ष मोहनकुमार कार्कीले कोषले सँधै बालहितकारी कार्यक्रममा जोड दिने धारणा व्यक्त गरेका थिए । समारोहमा कोषका वरिष्ठ सल्लाहकार तथा वरिष्ठ लेखिका गीताकेशरी, महासचिव महेश पौड्याल 'प्रारम्भ' र रुसी सांस्कृतिक केन्द्रका निर्देशक किसलेभले यस बालनाटक महोत्सवले बालरङ्गमन्चको विकासमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस च्यारिटी बालनाटकको रमाइलो मेला रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीमा हरेक दिन ३ बजे हुनेछ । विशेष च्यारिटी सो यहि २२ गते शनिबार १२ बजे हुने कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

No comments:

Post a Comment