Monday, August 9, 2010

नयाँ युगको नयाँ पालुवा

शैशवकालको तृष्णामा डुबेको ममता,
आज उमेर पाकेका बिशाल हृदयमा
गोल मैदान बनाई रहेछ।

किन नबनाउनु ?
अमृतमयी रस पिएर हुर्केको पालुवा ,
आज अमृत नै पिएर तृप्त हुन पाउँदा ।

लौ पल्केछ सारा नयाँ पालुवा,
अमृतमा अहंकारको ।

नयाँ पालुवाले,
प्रबेश गरेको छ नयाँ संसार।
आजको पालुवा , भोलीको बृक्ष्य
अमृतरुपी आनन्दको तलासमा,
भेट्दछ अनौठो उध्घोसक
जुन संसारमा , श्वेत चरिहरु
कलरव गर्दै
पृथ्वीको पल्लो क्षोर् तिर जान तत्पर छन ।

विवेकको सिकार्,क्रुरताको चिरफार्

ढुङो कुच्याउन खोज्ने मानिसहरु ,
दुबो को पातले सिकार खेल्न चाहन्छन,
तर दुर्भाग्य ! ढुङ्गाको चोइटाले ,
सिकारीको निधारमै सिकार खेलिदिन्छ।

दुबो गला काट्न तत्पर भएको छ ,
घाँस् काट्ने घाँसी सम्मको बाधक बनेको छ,
त्यो सानो गाईको एक बुजो आहरा ।

बिबेकशिल प्राणिको बिबेकलाई लुकाएको थैली ,
आज बिबेकहिन प्राणिको बसमा परेको छ ।

बिबेक आज बेबारिसे भएको छ,
बिबेकलाई सुकुम्बासी नबनाउने हो भने ,
दुबोका पातले बनाएका चिरा टालिने थिए,
मानवता भएको मन निर्धक्क हुने थियो ,
विवेक सन्तुलित हुने थियो ,
पृथ्वी सन्तुलित हुने थियो ।

Saturday, August 7, 2010

पानी धमिल्याउने फूलको चमत्कार

फूल मात्रै होइन ,
कोपिलापनि पो अन्योलमा परेछन ,
फूल र कोपिला मात्रै होइन ,
बिउ नै अल्मलियेछ थालेको छ
लता बृक्ष्य सबै नअलमलिने कुरै भएन |

विज्ञानले धेरै चमत्कार गरो रे ,
पानी धमिल्याउने काम मात्र गरेको देखिन्छ,
संग्ल्याउने साधनको चमत्कार चै खै ?

धमिल्येको पानीमा फूलको थुगा ,
चोबेर शान्ति छर्किन सकिएला ?

प्रकृतिमा भूल

संसार रहेछ एउटा प्रकृतिको पोखरी
यसैमा मानवले सजाउदो रहेछ बेस्सरी |

फूललाइ काँडा बनाउने, शूललाई फूल
मानव बाटनै हुदो रहेछा प्रकृति मा भूल,
प्रकृतिको मूल तत्व मानिन्छ बतास,
बनाए मानवले बिसाक्त अश्रुग्यास |

पवनलाई नै दुश्मनको सहायक बनाइएको छ ,
हतोत्साहित प्राणीहरु पनि , बिदेशमा पत्र बोक्छन |

सुन्दर फूलका पत्रहरु चेतावनीका लिफाफा बनेका छन् ,
बाँसको उत्पादन आदर्श लाई पिट्ने लाठी बनेको छ ,
सुर्यदेव क्रोधित भएर अग्नि बाण प्रहर गर्न थालेका छन्
पृथ्वीमाता सन्तानलाई थाम्न नसकी खटपटिन थालेकी छिन|

यस्तो परिबर्तनलाई हेर्न तर पनि दिउँसै चियाई रहेका छन्
आज अंगुरका झुप्पाहरू झुत्ते विस्फोटक बनेकाछन|

खै ! आजता बादलपनी ग्रीनेड बोकेर हिड्न थालेको छ
एस्तो भयानक दृश्य लाई रोक्न मानव तातेको जस्तै छैन
मानव तात्ने कता हो कता, जल पो तातेर पोल्न थालेको छ
आत्तिएर भागेको प्राणी प्रकृतिमै मृत्यु शैय्यामा परेको छ |

आशाबादी पीडा

जीवन भरिका ती सब पिपासा ,
उज्ज्वलताका ती सब आशा ,
सुखी दिनहरु पर्खे आउला भनि ,
नआउने होलान ती दिन, कैलेई पनि |

दीर्घकालको श्रम मिठो भन्थे ,
उत्सुकता संग दिनहुँ औला गन्थे ,
अविरल भयो लौ हाम्रो पर्खाई,
ब्यक्त गर्छन सबैले सलिल बगाई|

नीरव भयो अब हाम्रो जीवन ,
शुष्क भयो समुद्र, बन्द पवन |

फूल सब ती शूल भए
दिवस ती सुखमय कहाँ गए ?
पिडा मनको मृदु उदगार बन्छ ,
बाह्य दृश्य हेरी यो कसले बुझ्छ ?

जति छन् दिनता उर भित्र नै छ ,
तप्त निर बनि दृगबाट खस्छ |

यस्ता दु:खद भावले मनमा ,
आउदैनन सुखमय दिन यो जीवनमा |

Friday, August 6, 2010

भावनाका कणहरु

भावनाका कणहरु,खुसियालिका क्षणहरु
गोमनका फणहरु,मात्तिएका गणहरु
बलबान हुन्छन भावनाका बाणहरु।
आधुनिक रणहरु,बध हुदेइछ भ्रुणहरु