जीवन भरिका ती सब पिपासा ,
उज्ज्वलताका ती सब आशा ,
सुखी दिनहरु पर्खे आउला भनि ,
नआउने होलान ती दिन, कैलेई पनि |
दीर्घकालको श्रम मिठो भन्थे ,
उत्सुकता संग दिनहुँ औला गन्थे ,
अविरल भयो लौ हाम्रो पर्खाई,
ब्यक्त गर्छन सबैले सलिल बगाई|
नीरव भयो अब हाम्रो जीवन ,
शुष्क भयो समुद्र, बन्द पवन |
फूल सब ती शूल भए
दिवस ती सुखमय कहाँ गए ?
पिडा मनको मृदु उदगार बन्छ ,
बाह्य दृश्य हेरी यो कसले बुझ्छ ?
जति छन् दिनता उर भित्र नै छ ,
तप्त निर बनि दृगबाट खस्छ |
यस्ता दु:खद भावले मनमा ,
आउदैनन सुखमय दिन यो जीवनमा |
No comments:
Post a Comment