शैशवकालको तृष्णामा डुबेको ममता,
आज उमेर पाकेका बिशाल हृदयमा
गोल मैदान बनाई रहेछ।
किन नबनाउनु ?
अमृतमयी रस पिएर हुर्केको पालुवा ,
आज अमृत नै पिएर तृप्त हुन पाउँदा ।
लौ पल्केछ सारा नयाँ पालुवा,
अमृतमा अहंकारको ।
नयाँ पालुवाले,
प्रबेश गरेको छ नयाँ संसार।
आजको पालुवा , भोलीको बृक्ष्य
अमृतरुपी आनन्दको तलासमा,
भेट्दछ अनौठो उध्घोसक
जुन संसारमा , श्वेत चरिहरु
कलरव गर्दै
पृथ्वीको पल्लो क्षोर् तिर जान तत्पर छन ।
Rough outflows of a rough human. Spontaneous outcomes of my hearts converted into words in this small platform.
Monday, August 9, 2010
विवेकको सिकार्,क्रुरताको चिरफार्
ढुङो कुच्याउन खोज्ने मानिसहरु ,
दुबो को पातले सिकार खेल्न चाहन्छन,
तर दुर्भाग्य ! ढुङ्गाको चोइटाले ,
सिकारीको निधारमै सिकार खेलिदिन्छ।
दुबो गला काट्न तत्पर भएको छ ,
घाँस् काट्ने घाँसी सम्मको बाधक बनेको छ,
त्यो सानो गाईको एक बुजो आहरा ।
बिबेकशिल प्राणिको बिबेकलाई लुकाएको थैली ,
आज बिबेकहिन प्राणिको बसमा परेको छ ।
बिबेक आज बेबारिसे भएको छ,
बिबेकलाई सुकुम्बासी नबनाउने हो भने ,
दुबोका पातले बनाएका चिरा टालिने थिए,
मानवता भएको मन निर्धक्क हुने थियो ,
विवेक सन्तुलित हुने थियो ,
पृथ्वी सन्तुलित हुने थियो ।
दुबो को पातले सिकार खेल्न चाहन्छन,
तर दुर्भाग्य ! ढुङ्गाको चोइटाले ,
सिकारीको निधारमै सिकार खेलिदिन्छ।
दुबो गला काट्न तत्पर भएको छ ,
घाँस् काट्ने घाँसी सम्मको बाधक बनेको छ,
त्यो सानो गाईको एक बुजो आहरा ।
बिबेकशिल प्राणिको बिबेकलाई लुकाएको थैली ,
आज बिबेकहिन प्राणिको बसमा परेको छ ।
बिबेक आज बेबारिसे भएको छ,
बिबेकलाई सुकुम्बासी नबनाउने हो भने ,
दुबोका पातले बनाएका चिरा टालिने थिए,
मानवता भएको मन निर्धक्क हुने थियो ,
विवेक सन्तुलित हुने थियो ,
पृथ्वी सन्तुलित हुने थियो ।
Saturday, August 7, 2010
पानी धमिल्याउने फूलको चमत्कार
फूल मात्रै होइन ,
कोपिलापनि पो अन्योलमा परेछन ,
फूल र कोपिला मात्रै होइन ,
बिउ नै अल्मलियेछ थालेको छ
लता बृक्ष्य सबै नअलमलिने कुरै भएन |
विज्ञानले धेरै चमत्कार गरो रे ,
पानी धमिल्याउने काम मात्र गरेको देखिन्छ,
संग्ल्याउने साधनको चमत्कार चै खै ?
धमिल्येको पानीमा फूलको थुगा ,
चोबेर शान्ति छर्किन सकिएला ?
कोपिलापनि पो अन्योलमा परेछन ,
फूल र कोपिला मात्रै होइन ,
बिउ नै अल्मलियेछ थालेको छ
लता बृक्ष्य सबै नअलमलिने कुरै भएन |
विज्ञानले धेरै चमत्कार गरो रे ,
पानी धमिल्याउने काम मात्र गरेको देखिन्छ,
संग्ल्याउने साधनको चमत्कार चै खै ?
धमिल्येको पानीमा फूलको थुगा ,
चोबेर शान्ति छर्किन सकिएला ?
प्रकृतिमा भूल
संसार रहेछ एउटा प्रकृतिको पोखरी
यसैमा मानवले सजाउदो रहेछ बेस्सरी |
फूललाइ काँडा बनाउने, शूललाई फूल
मानव बाटनै हुदो रहेछा प्रकृति मा भूल,
प्रकृतिको मूल तत्व मानिन्छ बतास,
बनाए मानवले बिसाक्त अश्रुग्यास |
पवनलाई नै दुश्मनको सहायक बनाइएको छ ,
हतोत्साहित प्राणीहरु पनि , बिदेशमा पत्र बोक्छन |
सुन्दर फूलका पत्रहरु चेतावनीका लिफाफा बनेका छन् ,
बाँसको उत्पादन आदर्श लाई पिट्ने लाठी बनेको छ ,
सुर्यदेव क्रोधित भएर अग्नि बाण प्रहर गर्न थालेका छन्
पृथ्वीमाता सन्तानलाई थाम्न नसकी खटपटिन थालेकी छिन|
यस्तो परिबर्तनलाई हेर्न तर पनि दिउँसै चियाई रहेका छन्
आज अंगुरका झुप्पाहरू झुत्ते विस्फोटक बनेकाछन|
खै ! आजता बादलपनी ग्रीनेड बोकेर हिड्न थालेको छ
एस्तो भयानक दृश्य लाई रोक्न मानव तातेको जस्तै छैन
मानव तात्ने कता हो कता, जल पो तातेर पोल्न थालेको छ
आत्तिएर भागेको प्राणी प्रकृतिमै मृत्यु शैय्यामा परेको छ |
यसैमा मानवले सजाउदो रहेछ बेस्सरी |
फूललाइ काँडा बनाउने, शूललाई फूल
मानव बाटनै हुदो रहेछा प्रकृति मा भूल,
प्रकृतिको मूल तत्व मानिन्छ बतास,
बनाए मानवले बिसाक्त अश्रुग्यास |
पवनलाई नै दुश्मनको सहायक बनाइएको छ ,
हतोत्साहित प्राणीहरु पनि , बिदेशमा पत्र बोक्छन |
सुन्दर फूलका पत्रहरु चेतावनीका लिफाफा बनेका छन् ,
बाँसको उत्पादन आदर्श लाई पिट्ने लाठी बनेको छ ,
सुर्यदेव क्रोधित भएर अग्नि बाण प्रहर गर्न थालेका छन्
पृथ्वीमाता सन्तानलाई थाम्न नसकी खटपटिन थालेकी छिन|
यस्तो परिबर्तनलाई हेर्न तर पनि दिउँसै चियाई रहेका छन्
आज अंगुरका झुप्पाहरू झुत्ते विस्फोटक बनेकाछन|
खै ! आजता बादलपनी ग्रीनेड बोकेर हिड्न थालेको छ
एस्तो भयानक दृश्य लाई रोक्न मानव तातेको जस्तै छैन
मानव तात्ने कता हो कता, जल पो तातेर पोल्न थालेको छ
आत्तिएर भागेको प्राणी प्रकृतिमै मृत्यु शैय्यामा परेको छ |
आशाबादी पीडा
जीवन भरिका ती सब पिपासा ,
उज्ज्वलताका ती सब आशा ,
सुखी दिनहरु पर्खे आउला भनि ,
नआउने होलान ती दिन, कैलेई पनि |
दीर्घकालको श्रम मिठो भन्थे ,
उत्सुकता संग दिनहुँ औला गन्थे ,
अविरल भयो लौ हाम्रो पर्खाई,
ब्यक्त गर्छन सबैले सलिल बगाई|
नीरव भयो अब हाम्रो जीवन ,
शुष्क भयो समुद्र, बन्द पवन |
फूल सब ती शूल भए
दिवस ती सुखमय कहाँ गए ?
पिडा मनको मृदु उदगार बन्छ ,
बाह्य दृश्य हेरी यो कसले बुझ्छ ?
जति छन् दिनता उर भित्र नै छ ,
तप्त निर बनि दृगबाट खस्छ |
यस्ता दु:खद भावले मनमा ,
आउदैनन सुखमय दिन यो जीवनमा |
उज्ज्वलताका ती सब आशा ,
सुखी दिनहरु पर्खे आउला भनि ,
नआउने होलान ती दिन, कैलेई पनि |
दीर्घकालको श्रम मिठो भन्थे ,
उत्सुकता संग दिनहुँ औला गन्थे ,
अविरल भयो लौ हाम्रो पर्खाई,
ब्यक्त गर्छन सबैले सलिल बगाई|
नीरव भयो अब हाम्रो जीवन ,
शुष्क भयो समुद्र, बन्द पवन |
फूल सब ती शूल भए
दिवस ती सुखमय कहाँ गए ?
पिडा मनको मृदु उदगार बन्छ ,
बाह्य दृश्य हेरी यो कसले बुझ्छ ?
जति छन् दिनता उर भित्र नै छ ,
तप्त निर बनि दृगबाट खस्छ |
यस्ता दु:खद भावले मनमा ,
आउदैनन सुखमय दिन यो जीवनमा |
Friday, August 6, 2010
भावनाका कणहरु
भावनाका कणहरु,खुसियालिका क्षणहरु
गोमनका फणहरु,मात्तिएका गणहरु
बलबान हुन्छन भावनाका बाणहरु।
आधुनिक रणहरु,बध हुदेइछ भ्रुणहरु
गोमनका फणहरु,मात्तिएका गणहरु
बलबान हुन्छन भावनाका बाणहरु।
आधुनिक रणहरु,बध हुदेइछ भ्रुणहरु
रमाइलो बेइज्जती खेल
भैंसीका आलमा, समुद्रका छालमा,
संकट कालमा , भाडा बहालमा ,
ठगिदैछ मलमा, रडाको छ जलमा,
बाडिको भलमा , संकटको नेपालमा ,
संबिधानसभाको हलमा,कुर्सिको र्यालमा
दु:ख दियिन्दैछ बेइज्जती नयाँ नेपालमा ।
संकट कालमा , भाडा बहालमा ,
ठगिदैछ मलमा, रडाको छ जलमा,
बाडिको भलमा , संकटको नेपालमा ,
संबिधानसभाको हलमा,कुर्सिको र्यालमा
दु:ख दियिन्दैछ बेइज्जती नयाँ नेपालमा ।
आशाबादी निराशा
भयभित जीवनको प्रकाशमयी आशा
जलन गर्ने यौवनको शान्त पिपासा
मिलनसार प्रकृतिको ध्युतिमान निशा
घेर्यो प्रभाले वरिपरी सम्पूर्ण दिशा ।
छोयो प्रमादले जीवन वरिपरी
ल्यायो सन्तुस्ठी मनकी स्वर्गपरी
संकेत भो रहने , बसन्तको सँधैभरि
बदलिँदो परिवेश हजारौं थरि-थरि ।
जीवन ओरालीमा उँबो फर्किएछ
तुच्छताबाट सजिलै पर तर्किएछ
सुरपुरी विधाताले अमृत छर्किएछ
नअस्ताउने दिनकर तिर लर्किएछ ।
चालेछ अबलौ कसिंगर धुलो सब
रहेछ मनको बसन्ती बन अब
अन्तर चक्षु उदाङ्गै खुलेछ अब
थालेछ मनले भविष्यको कल-रव ।
खोजि हिँडदा प्रकाश , पृथ्वी भित्र
पाईन्छ आशा- निराशाको यथार्थ चित्र
मन भित्रै रहेछ , उज्ज्यालो सफल मित्र
उसैले बुझाउँछ सफल जीवनको चरित्र ।
जलन गर्ने यौवनको शान्त पिपासा
मिलनसार प्रकृतिको ध्युतिमान निशा
घेर्यो प्रभाले वरिपरी सम्पूर्ण दिशा ।
छोयो प्रमादले जीवन वरिपरी
ल्यायो सन्तुस्ठी मनकी स्वर्गपरी
संकेत भो रहने , बसन्तको सँधैभरि
बदलिँदो परिवेश हजारौं थरि-थरि ।
जीवन ओरालीमा उँबो फर्किएछ
तुच्छताबाट सजिलै पर तर्किएछ
सुरपुरी विधाताले अमृत छर्किएछ
नअस्ताउने दिनकर तिर लर्किएछ ।
चालेछ अबलौ कसिंगर धुलो सब
रहेछ मनको बसन्ती बन अब
अन्तर चक्षु उदाङ्गै खुलेछ अब
थालेछ मनले भविष्यको कल-रव ।
खोजि हिँडदा प्रकाश , पृथ्वी भित्र
पाईन्छ आशा- निराशाको यथार्थ चित्र
मन भित्रै रहेछ , उज्ज्यालो सफल मित्र
उसैले बुझाउँछ सफल जीवनको चरित्र ।
Monday, August 2, 2010
कुरा हो डरको
घाम चर्को
चाहिँदैन बर्को।
बाटो छैन अर्को
भुइचालाको जस्तो थर्को।
तानियो धर्को
कमिलाको लर्को।
कोही छैन भरको
शक्ती हुन्छ तरको।
लाग्दछ झर्को
जब हड्डी मर्क्यो।
छली हुँदैछ करको
काम रहेन रहरको
नस्ट भैई सको बरको ।
परिणाम् आयो चर्को
बिकृती देखिन्छ भए भरको।
चाहिँदैन बर्को।
बाटो छैन अर्को
भुइचालाको जस्तो थर्को।
तानियो धर्को
कमिलाको लर्को।
कोही छैन भरको
शक्ती हुन्छ तरको।
लाग्दछ झर्को
जब हड्डी मर्क्यो।
छली हुँदैछ करको
काम रहेन रहरको
नस्ट भैई सको बरको ।
परिणाम् आयो चर्को
बिकृती देखिन्छ भए भरको।
Subscribe to:
Posts (Atom)