Thursday, April 14, 2011

भंगेरी चरी किन चिर्बिरायौ यसरी ?

भंगेरी चरी किन चिर्बिरायौ यसरी ?
किन यहाँ बस्छौ, मानिसलाई नटेरी ?
क्रुरता बज्रेला है , जटिलतालाई नहेरी
घरआँगनमा ननाच, उफ्री -उफ्री यसरी ।

फर्केर पुल्लुक्क हेरें, सुस्केरा हाली सास फेरें ,

फर्केर पुल्लुक्क हेरें, सुस्केरा हाली सास फेरें ,
कुरालाई सर्सर्ती केरें, स्तिति हेरी विश्वाश गरें
जटिलतालाई सेरेँ, असम्भवलाई सम्भवले घेरेँ ,
अन्तर्मनलाई टेरेँ, कठोर् मनलाई सल्लक्कै फेरें।

नयाँ बर्षको हर्शिलो नयाँ बिहानिमा

नयाँ बर्षको हर्शिलो नयाँ बिहानिमा
नुहाउँदा झरनाको सङ्लो पानीमा ,
प्रगती हुन्छ श्रीजना गर्ने बानीमा
अध्ययन राम्रो, जोसिलो जवानीमा ।

प्रकाशको प्रबेशमा रोक

बादलपारिको बस्तिबाट चियाइ रहेको प्रकाशले
अन्धकार भएको ठाउँमा
अकरिलो समयको अनुभुती गर्दै
नयाँ सोच लिएर
झ्वाट्ट प्रबेश गर्न खोज्दा
पहरदारहरुले पसिना काड्दै
नव आगन्तुक 'प्रकशलाई'
प्रबेशद्वारमा पन्छाउने प्रयास गर्छन्
के त्यो प्रकाश नयाँ अभिनय गर्दै
प्रबेश गर्न सक्षम होला त?


By Laxmi Prasad Bastola · 11 घण्टा अघि

प्रकाशको प्रबेशमा रोक

बादलपारिको बस्तिबाट चियाइ रहेको प्रकाशले
अन्धकार भएको ठाउँमा
अकरिलो समयको अनुभुती गर्दै
नयाँ सोच लिएर
झ्वाट्ट प्रबेश गर्न खोज्दा
पहरदारहरुले पसिना काड्दै
नव आगन्तुक 'प्रकशलाई'
प्रबेशद्वारमा पन्छाउने प्रयास गर्छन्
के त्यो प्रकाश नयाँ अभिनय गर्दै
प्रबेश गर्न सक्षम होला त?


By Laxmi Prasad Bastola · 11 घण्टा अघि

अनुहारपुस्तकमा भेटिएका मित्रहरु

अनुहारपुस्तकमा अचानक भेटिएका मित्रहरु,
प्राविधिक शिपले खारेर बनाइएका चित्रहरु,
असम्भव भयो शब्दबाट, केलाउन चरित्रहरु,
लिखित शब्दमा आएपनी, हृदयका मित्रहरु।



By Laxmi Prasad Bastola · 9 घण्टा अघि

प्रबिधीको बिकास

प्रबिधीको बिकास संगै
मिलनको बिस्तार संगै,
लाड-प्यारमा हुर्केकाको,
थकान हुन्न भेट संगै ।




By Laxmi Prasad Bastola · 8 घण्टा अघि