किनी हालेँ खर्छ गरी प्रेमिकाको ठहरले
खल्ती मेरो रित्ती गयो मोबाईलको रहरले ।
थारो गाई पाले झैँ पाली राख्नु परे पछी
सास भये मरी दिन्थेँ दुई रुपैयाँको जहर्ले ।
आजसम्म कती गयो हिसाब गर्न गाह्रो परो
सम्पत्ति लुटे सबका उन्नतिसिल शहरले ।
पाउने भन्ने केइ छैन जाने मात्रा रहेछ यो त
सम्पत्ती र समय बग्यो मैला बगाए झैँ नहरले ।
धेरै धेरै समस्याको जड् हो यो माया प्रिती,
सके सम्म उनिलाई बगाए हुन्थ्यो लहरले।